पेरिसमा इस्लामधर्मसँग जोडिएको चित्र देखाउने हिस्ट्री टिचरको घाँटी रेटेर हत्या

काठमाडौं । फ्रान्समा शुक्रवार साँझ एक हिस्ट्री टिचरको घाँटी रेटेर हत्या गरिएको छ ।

इस्लाम धर्मसम्बन्धी एक फोटो देखाएको भन्दै उनको हत्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

हत्याराले सेरेण्डर नगरेपछि पुलिसले उसलाई घेरेर गोली हानेको र त्यसमा हत्याराको पनि मृत्यु भएको बताइएको छ ।

उक्त टिचरले केहि दिन पहिला क्लासमा इस्लाम धर्मसँग जोडिएको फोटो देखाएकी थिइन् ।

त्यसबाट रुष्ट बनेपछि उनको हत्या गरिएको बताइएको छ । यो घटनामा अन्य चार जनालाई भने गिरफ्तार गरिएको छ । प्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले यसको निन्दा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?