युएस बंगला विमान दुर्घटना : मृतकमध्ये ३२ जनाको सनाखत

काठमाडौँ- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको यूएस —बांग्ला एयरलाइन्स विमान दुर्घटनाका ४९ मृतकमध्ये ३२ जनाको सनाखत भएको छ । दुर्घटना गत सोमबार भएको थियो ।सनाखत तथा शव बुझाउने कार्यमा संलग्न सहायक प्रहरी नायव उपरीक्षक बिशाल भण्डारीले ३२ जनाको शबसनाखत भएको जानकारी दिए । उनले शनिबारदेखि आफन्तलाई शव जिम्मा लगाउने काम समेत सुरु भएको जानकारी दिए ।भण्डारीका अनुसार अहिलेसम्म १७ जना बंगलादेश, १४ जना नेपाली र १ जना चिनियाँ नागरिकको शबको पहिचान भएको छ र जसमध्ये १५ जनाको शब आफन्तलाई जिम्मा लगाइएको हो । १ चिनियाँ र १४ जना नेपाली नागरिकको शव आफन्तलाई जिम्मा लगाइएको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?