पर्सामा भारतीय नागरिकको अपार्टमेण्टमा प्रहरीको छापा : २२ किलो सुन बरामद

काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका ६ विर्तामा लुकाएर राखिएको अवस्थामा सुन बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले एक भारतीय नागरिकको घरमा सुन लुकाएर राखिएको अवस्थामा सुन बरामद गरिएको जानकारी दिइन् ।

उनले लोकपथसँग भनिन्, ‘सुन कसले त्यहाँ लगेर राखेको हो भन्ने विषयमा अनुसन्धान भईरहेको छ, ३ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?