शारदीय नवरात्रको दोस्रो दिन, आज माता व्रह्मचारिणीको पूजा तथा आराधाना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन व्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधाना गरिन्छ । आश्विन शुक्ल द्वितीयाको दिन अर्थात कार्तिक ०२ गते आजकै दिन माता व्रह्मचारिणीको बिधीपुर्वक पूजा गरिन्छ । व्रह्माको अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्थचन्द र नाना प्रकारका आभुषण धारण गर्नुभएको छ भने दाहिनी हातमा जपको माला र बायाँ हातमा कमण्डलु लिनुभएको छ ।

पूर्वजन्ममा हिमालय पर्वतको पुत्री शैलपुत्रीको रुपमा प्रकट भई देवर्शी नारदको उपदेशले भगवान महादेब स्वामी पाँउ भनि अत्यन्त कठिन तपस्या गरेका थिए । कठोर तपस्या गरेकै कारण तपस्याचारिणी अर्थात ब्रह्मचारिणी नाम रहन गयो । एकहजार वर्ष फलफूल मात्र खाएर तपस्या गर्नुभयो भने सयौँवर्ष साग मात्र खाएर जीवन निर्वाह गर्नुभएको थियो । खुला आकाश मुनि घामपानि सहेर निराहार कठोर तपस्या गर्नुभयो । तीनहजार वर्षसम्म त सुकेर जमीनमा झरेको बेलपत्र खाएर श्री महादेव स्वामी पाँउ भनि कठोर तपस्या गर्न लाग्नुभयो । त्यसपछि सुकेको बेलपत्र पनि खान छाड्नु भयो ।

कयौ हजार वर्षको तपस्याको कारण शरिर कमजोर हुनन थाल्यो । ब्रह्मचारिणीको यो कठोर तपास्या देखी उनकी माता मेनका चिन्तित भईन् । माता मेनकाले यस्तो कठोर तपस्या तोड्नका निम्ति पटक पटक आग्रह गर्दा पनि निरन्तर तपस्या गरिरहिन् । व्रह्मचारिणीको कठोर तपस्याका कारण तिनै लोकमा हाहाकार मच्चियो ।

देवता,ऋषी,सिद्धगण,मुनीहरु सबैले उनको तपस्याको चर्चा परिचर्चा गर्न थाले । अन्ततः पितामह ब्रम्हा प्रशन्न भई भन्नुभयो हे देवी आजसम्म कसैले पनि यस्तो कठोर तपस्या गरेका थिएनन् । तिम्रो मनोकामना पुर्ति हुनेछ र चाडै नै भगवान श्रीमहादेव पतिको रुपमा तिमीले पाउने छौ भनि व्रम्हा अन्तरध्यान हुनुभयो ।

तप, त्याग, वैराग्य, सदाचार र संयमको वृद्धिको लागि ब्रह्मचारिणीको साधना गरिन्छ । माता दुर्गाजीको यस्तो विग्रह भक्तहरूलाई अनन्त शुभफल मिल्नेछ । नवरात्रको दोस्रोदिन द्वितीया तिथि ब्रह्मचारिणी देवीलाई समर्पित छ । आश्विन शुक्ल द्वितीयाको दिन अर्थात आजकै दिन ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिकसुख तथा दाम्पत्य सुख मिल्नेछ भन्ने शाष्त्रिय मान्यता रहेकोछ । ब्रह्मचारिणीलाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा,फलफूल, पकवान्न, एवं पुस्पहरू प्रिय छन् । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई आश्विन शुक्ल द्वितीयाको दिन अर्थात आजकै दिन व्रह्मचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।

व्रह्मचारिणी देवीको पूजाबिधी यसप्रकार रहेको छः

देवी व्रह्मचारिणीको पूजामा फूल, अक्षत, रोली, चंदनबाट पूजा गर्नुपर्दछ । दूध, दही, सख्खर, घृत, वा मधु बाट स्नान गरि प्रसाद चढाउनु पर्दछ । प्रसाद पश्चात आचमन र फेरी पान, सुपारी भेटी दिनुपर्दछ । देवीलाई प्रदक्षिणा गर्नुपर्दछ । कलश देवता पूजापछि यही प्रकारका नवग्रह, दशदिक्पाल, नगर देवता, ग्राम देवताकोपनि पूजा गर्नुपर्दछ । देवीको पूजा गरिसकेपछि हातमा फूल लिएर प्राथना गर्नुपर्दछ ।

व्रह्मचारिणी मन्त्रः

या देवी सर्वभूतेषु माँ व्रह्मचारिणी रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।
देवी प्रसीदतु मई व्रह्मचारिण्यनुत्तमा ।।

व्रह्मचारिणी ध्यानः
वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम् ।
जपमालाकमण्डलु धराव्रह्मचारिणी शुभाम ।।
गौरवर्णा स्वाधिष्ठानस्थिता द्वितीय दुर्गा त्रिनेत्राम ।
धवल परिधाना व्रह्मरूपा पुष्पालंकार भूषिताम् ।।
परम वंदना पल्लवराधरां कांत कपोला पीन ।
पयोधराम् कमनीया लावणयं स्मेरमुखी निम्ननाभि नितम्बनीम् ।।

व्रह्मचारिणी स्तोत्र पाठः
तपश्चारिणी त्वंहि तापत्रय निवारणीम् ।
व्रह्मरूपधरा व्रह्मचारिणी प्रणमाम्यहम् ।।
शंकरप्रिया त्वंहि भुक्ति–मुक्ति दायिनी ।
शान्तिदा ज्ञानदा व्रह्मचारिणीप्रणमाम्यहम् ।।

व्रह्मचारिणी कवचः
त्रिपुरा में हृदयं पातु ललाटे पातु शंकरभामिनी ।
अर्पण सदापातु नेत्रो, अर्धरी च कपोलो ।।
पंचदशी कण्ठे पातुमध्यदेशे पातुमहेश्वरी ।
षोडशी सदापातु नाभो गृहो च पादयो ।।
अंग प्रत्यंग सतत पातु व्रह्मचारिणी ।।

ज्यो. दुर्गा भण्डारी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?