भारतमा कोभिड-१९ संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

नयाँदिल्ली । भारतमा शनिबार कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ ।

शनिवार मध्याह्नसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना संक्रमित संख्या ७४ लाख ३२ हजार ६८० भएको छ । यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १३ हजार ३२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा ६५ हजार १२६ जनामा थप संक्रमण देखिएको र कोरोना संक्रमणको कारण ८८२ जनाको मृत्यु भएको छ ।

अझै पनि भारतभरी ७ लाख ९५ हजार ५३ व्यक्ति संक्रिय संक्रमित रहेका छन् । कोरोनाको संक्रमण देखा परेयता हालसम्म ६५ लाख २४ हजार ५९५ जना संक्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

कोरोनाको संक्रमण देखा परेयता भारतमा ९ करोड ३२ लाख ५४ हजार १७ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ , ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९५ लाख ९६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । कूल सङ्क्रमितमध्ये दुई करोड ९६ लाख ६१ हजार ७६५ जना संक्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?