३० रुपैयाँको चिट्ठाले रातारात करोडपति…

काठमाडौं । भनिन्छ भगवानले दिए भने के हुँदैन ? सबैकुरा भगवानले नै दिएर मिल्छ । यस्तै एउटा घटना भारतको पश्चिम बंगालमा पनि भएको छ ।

एक मजदुर ३० रुपैयाँको चिट्ठाले रातारात करोडपति बनेका छन् । ति मजदुरको नाम हो नरहरी राय । उनी पश्चिम बंगालको सिलिगुडी जिल्लामा बस्छन् ।

एकदिन उनी चिया खानको लागि बलासन बजारमा गएका थिए । त्यहाँ उनी चिया पिउँदै थिए । तब त्यहाँ चिट्ठा कटाउन एक व्यक्ति आईपुगे ।

नरहरीले पनि एउटा ३० रुपैयाँको टिकट काटे । त्यहि चिट्ठाको मद्दतले उनको भाग्य रातारात चम्कियो । नरहरीले ३० रुपैयाँको चिट्ठाले करोड भन्दा धरै उपहार परेको थाहा पाए तब उनको होस नै उड्यो । उनले विश्वास नै गर्न सकेनन् ।

उनी अर्धकट्टी लिएर माटीगाडास्थित चिट्ठा कार्यक्रम भएको ठाउँमा गए । नभन्दै उनलाई करोड भन्दा धेरैको चिट्ठा परेको बताईयो ।

त्यसपछि उनी परिवारसँग मिलेर आफूलाई परेको करोड भन्दा धेरैको पैसा र उपहार लिएर घर फर्किएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?