कास्कीमा कोरोनाका कारण ४७ वर्षीय पुरुषको मृत्यु, ३० जनामा संक्रमण पुष्टि

पोखरा । कास्कीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १७ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गएराति चरक अस्पतालमा उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा गत असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना सँगै अन्य दिर्घ रोग समेत रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै शनिवार, गण्डकीमा थप ३० जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५५७७ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३० जना संक्रमित थपिएका हुन् ।

सबै संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । संक्रमितमध्ये बागलुङ जैमिनीका दुबैजना संक्रमित बागङ जिल्लाको कुस्मीशेरा आईसोलेसनमा बसेका छन् भने अन्य जिल्लाका सबै संक्रमितहरुलाई आईसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?