आईपीएलमा आज : ब्यांग्लोरसँग राजस्थान र दिल्लीसँग चेन्नई भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको डबल हेडरमा आज रोयल च्यालेजर्स ब्यांग्लोरसँग राजस्थान रोयल्स र दिल्ली क्यापिटल्ससँग चेन्नई सुपरकिंग्स भिड्दैछन् ।

पहिलो खेल ब्यांग्लोर र राजस्थानबीच हुँदैछ भने दोश्रो खेल चेन्नई र दिल्लीबीच साँझ ७ः४५ मा शुरु हुनेछ ।

सीजनमा ५ वटा म्याच हारिसकेको राजस्थान जितका लागि मैदान उत्रिनेछ । यो भन्दा पहिला राजस्थान ब्यांग्लोरसँग ८ विकेटले पराजित भएको थियो ।

त्यस्तै साँझ हुने खेलमा ६ खेल विजेता दिल्ली चेन्नईसँग भिड्दै छ । दिल्ली अहिले अंक तालिकाको दोश्रो नम्बरमा रहेको छ भने चेन्नई ६ औँ नम्बरमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?