दमकलमा जनशक्ति अपर्याप्त

ललितपुर, ४ चैत – जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति अपर्याप्त भएको छ ।दकमल सञ्चालनका लागि नौ जनाको समूह तयार अवस्थामा बस्नुपर्ने मान्यता भए पनि जनशक्ति अभावले गर्दा काम मिलाएर चार पाँच जना मात्रै हुने गरेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउछन ।महानगरपालिकाको आफ्नो एक जना कर्मचारी र १० जना करारका कर्मचारी गरेर दमकलमा ११ जना कार्यरत छन् । यिनीहरुले बिहान/बेलुका काम मिलाउँदा चार पाँच जना मात्रै तयार अवस्थामा कार्यालयमा हुन्छन् । उनी भन्छन, “जनशक्ति पुग्ने नहुँदा काम गर्न गाह्रो हुन्छ ।”आगो लाग्नासाथ कर्मचारी दमकल लिएर घटनास्थलमा पुग्ने प्रमुख महर्जन बताउछन । चालक, पानी फाल्ने मान्छे, रोलिङ बोक्ने, हान्नका लागि इशारा गर्ने, पानी नियन्त्रण गर्ने लगायतले आआफ्नो जिम्मेवारीको काम गर्छन् । थोरै जनशक्ति हुँदा एक व्यक्तिले नै एकभन्दा बढी काम गर्नुपर्छ । पानीको गति धेरै हुँदा नियन्त्रणका लागि धेरै जना चाहिन्छ । उनी भन्छन, “धेरै गति हुँदा चार जनासम्म चाहिन्छ, त्यही काम दुई जनाले गर्न सक्दैनन् ।”महानगरपालिकामा अहिले पानी बोक्ने ट्यांक भएको दुई र नभएको दुई गरेर चार दमकल छन् । काठमाडौँं उपत्यकाका तीन वटै जिल्लाका दमकल आगलागी हुँदा सबैतिर पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?