प्रिमियर लिग : लिभरपुल र एभर्टन भिड्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र एभर्टन भिड्दै छन् । साविक विजेता लिभरपुलले एभर्टनसँग उसैको मैदानमा खेल्नेछ । मर्सिसाइड डर्बी भिडन्त नेपाली समय अनुसार साँझ ५:१५ बजे शुरु हुनेछ ।

अपराजित टिम एभर्टनविरुद्ध मैदान उत्रदा लिभरपुल चौंथो जितको खोजीमा हुनेछ । तर, घरेलु टिम एभर्टनलाई हराउँन लिभरपुललाई कठिन हुनेछ ।

लिभरपुल ४ खेलमा ९ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ ।

एभर्टन घरेलु मैदानमा अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । तर, लिभरपुललाई पराजित गर्न एभर्टनलाई सहज भने छैन । ४ खेलमा एभर्टन अपराजित रहेको छ ।

एभर्टन ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?