मुम्बईसँग कोलकता ८ विकेटले पराजित, मुम्बई शीर्ष स्थानमा

काठमाडों । आईपीएलको १३ औँ सीजनको ३२ औँ म्याचमा मुम्बई इण्डियन्सले कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

कप्तान परिवर्तन गरे पनि कोलकाले जित भने निकाल्न सकेन । मुम्बईसँग् कोलकताको यो सीजनको दोश्रो हार हो ।

टस जितेर ब्याटिङ गरेको कोलकताले २० ओभरमा १४९ रनको टार्गेट दिएको थियो ।

जवाफमा मुम्बईले १६.५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । मुम्बईका ओपनर क्विन्टन डिककले आईपीएलमा आफ्नो १३ औँ अर्धशतक प्रहार गरे ।

उनले टिमका लागि ७८ रन बनाए । कप्तान रोहित शर्माले ३५ रनको योगदान गरे । योसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?