उपाधिका लागि तारकेश्वर युवा क्लब र चक्रपथ युथ क्लब भिड्दै

काठमाडौं । तारकेश्वर फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक तारकेश्वर युवा क्लब र चक्रपथ युथ क्लब भिड्दै छन् ।

काठमाडौंको तारकेश्वरमा जारी ६’ए’ साईड प्रतियोगिताको सेमिफाइनलमा जित हात पार्दै तारकेश्वर र चक्रपथ उपाधिका लागि भिड्न लागेका कार्यक्रम संयोजक प्रज्वल लामाले लोकपथलाई जानकारी दिए ।

फाइनल खेल १ बजेबाट शुरु हुने कार्यक्रम संयोजक लामाले जानकारी दिए ।

सेमिफाइनल खेलमा आयोजक तारकेश्वरको ‘ए’ टिमले जी ब्रदर्शलाई ३-० गोल अन्तरले नै पराजित गर्दै उपाधि नजिक पुगेको हो । सेमिफाइनलमा तारकेश्वर युवा क्लबका सुजन महर्जन र सुरेश परियारले एक एक गोल गरे भने जी ब्रदर्शका रोनिस क्षेत्रीले आत्माघाति गोल गरेका थिए ।

त्यस्तै, सेमिफाइलमा सामुराई एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै चक्रपथ फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेताले ट्रफी सहित २० हजार प्राप्त गर्नेछ । दोस्रो टिमले मेडलसहित १० हजार प्राप्त गर्दा तेस्रो हुने टिमले मेडल सहित ५ हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनलमा प्रमुख अतिथिका रुपमा तालिम तथा निर्देशनालयका प्रमुख महेन्द्र राईको उपस्थिति रहने छ भने अन्तर्राष्ट्रिय रेफ्री सुदर्शन जमकटेलको पनि उपस्थिति रहेको छ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मेडल सहित ५ हजार प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, प्रशिक्षक र फेयर प्ले टिमले जनही २ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?