एम्बाप्पे चम्किँदा पीएसजीको सहज जित

काठमाडौं । फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित हात पारेको छ । शुक्रवार राति भएको खेलमा पीएसजीले निम्सलाई ४–० को गोल अन्तरले पराजित गरेको हो ।

सुरुवाती १२ औं मिनेटमा लोइक लान्ड्रे रातो कार्ड खादै मैदान बाहिरिएपछि निम्स १० खेलाडीमा सिमित भएको थियो ।

खेलको ३२ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा एलेसेन्ड्रो फलोरेन्जीले पीएसजीको अग्रता दोब्बर बनाए ।

एम्बाप्पले ८३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० को अघि बढाए । खेल सकिन दुई मिनेट अघि पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई ४–० को शानदार जित दिलाए ।

पीएसजीले ७ खेलमा १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । निम्स ८ अंक सहित १३ औं स्थानमा छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?