काठमाडौं । कोरोना भाइरस अहिले सारा विश्वमा व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म ११ लाख ९ हजार ७२ जनाको मृत्यु भएको छ भने ३ करोड ९५ लाख ७३ हजार ९६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ९६ लाख ५३ हजार ४७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७१ लाख ३९९ जनाको स्वास्थ्य अवस्गथा गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म २ लाख २३ हजार ६४४ जनाको मृत्यु भएको छ भने ८२ लाख ८८ हजार २७८ जनालाई संक्रमण भएको छ ।
५३ लाख ९५ हजार ४०१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २६ लाख ६९ हजार २३३ जना उपचाररत छन् । त्यस्तै १५ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा १६ हजार ९०५ जनाको मृत्यु भएको छ ८ लाख ७१ हजार ६७६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा १७ हजार ४९१ जनाको मृत्यु भएको छ भने ८ लाख ६३ हजार १६९ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा १५ हजार ८३७ जनाको मृत्यु भएको छ भने ७ लाख ४८ हजार ४३७ जनालाई संक्रमण भएका छन् ।
त्यस्तै अमेरिकामा शुक्रवार जुलाई ३१ यताकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।
त्यस्तै शुक्रवार भने अमेरिकामा ७१ हजार ६८७ जनालाई कोरोना संक्रमित भएका छन् भने ९२८ जनाको मृत्यु भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया