३१ श्रावण २०७९, मंगलवार

आज फूलपाती भित्र्याइँदै

२०७४,आश्विन,११,बुधबार ०२:४६

0
Shares

काठमाडौँ, ११ असोज (रासस)बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ ।घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ ।हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउने र जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम शुरु भएको छ ।हनुमानढोका हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीका अनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा भित्र्याउने परम्परा रहेको छ । फूलपातीमा गुर्जुको पल्टन गोर्खाली सेनाको प्रतीकका रुपमा अझै रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार ०२:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले श्रावणको अन्तिम सोमवार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर,

काठमाडौं । उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ । नर्भिक

बाँके । बाँकेको डुडुवामा गाउँपालिकास्तरिय एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गरिएको छ । डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा आज (आइतबार) आयोजित

काठमाडौं । पछिल्लो समय युवायुवतीहरुमा ट्याटुको क्रेज बढ्दो छ । शरीरमा ट्याटु बनाउने चलन सन् १८०० बाट सुरु भएको मानिन्छ

ताजा समाचार

अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ
 २०७९,श्रावण,३१,मंगलवार २१:४७
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
 २०७९,श्रावण,३१,मंगलवार २१:४०