लहान । कोरोना संक्रमणबाट आज सिरहाको लहानका थप एक महिलाको मृत्यु भएको छ ।
कोरोना संक्रमित भई विराटनगरस्थित नोवल अस्पतालमा उपचाररत लहान नगरपालिका १ निवासी ६२ वर्षीय महिलाको मृत्यु भएको हो ।
ज्वरो तथा श्वास फेर्न गाह्रो भएपछि गत असोज २४ गतेदेखि उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको लहान नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले जानकारी दिए।
संक्रमणबाट सिरहाको लहान नगरपालिका मृत्यु हुनेको संख्या ५ पुगेको छ भने सिरहामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया