सरकारको आलोचना गर्दै केसीले भने- ‘विनाश काले विपरीत वुद्धि’

काठमाडौं । कांग्रेस नेता अर्जुन नरसिंह केसीले राष्ट्रिय निर्देशन ऐन २०१८ अनुसार दर्ता भएको र वैधानिक रुपमा ५ वर्षका लागि निर्वाचित नेपाल बाल सङ्गठनको कार्य समिति भंग गर्दै तदर्थ समितिको गठन गर्ने प्रक्रिया सरकारी निरंकुशता र विधि विहिनता पराकाष्टा भएको बताएका छन् ।

भिन्न विचारलाई शत्रु ठान्ने एकदलीय कम्युनिस्ट बाहेक अरुको अस्तित्व नै स्वीकार नगर्ने नेकपा तानाशाह प्रवृत्तिको नाङ्गो उदाहरणको रूपमा यो प्रकरण रहेको उनको भनाइ छ ।

७७ वटै जिल्लाका निर्वाचित शाखाहरू भङ्ग गरी सरकारले टीके प्रथा शुरू गर्ने लागेको भन्दै उनले कडा शब्दमा भर्त्सना गरेका छन् । ‘सुशासन ऐन २०६४ ले लोकतन्त्रमा निर्वाचित समितिलाई विस्थापन गर्ने शक्ति अर्को निर्वाचनसँग मात्र हुन्छ । वृध्दाश्रमदेखि बालाश्रममा समेत दाह्रानङ्ग्रा गाड्ने यस्ता सर्वसत्तावादी कम्युनिस्ट हर्कत खेद पूर्ण छ। यस्को विरुद्ध राजनीतिक, जनस्तरीय र कानूनी सबै खाले लडाईं अत्यन्त आवश्यक भएको छ ।’

कोभिड १९ ले देश आक्रान्तबनेको अवस्थामा जनता राज्य विहिन भएपनि सरकारको त्यसतर्फ ध्यान नगएको उनको भनाइ छ ।

उनले सरकारको कडा आलोचना गर्दै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेकपा सरकार आफै औषधि गर ,न रोग बाट न भोक बाट सुरक्षा लिन तयार छ ,बरु सरकार संवैधानिक दायित्व र जनताको समस्या भन्दा आफ्नै कुर्सीको छिना झपडी,र गठन, विघटन र राजनीतिक, सामाजिक ध्रुविकरण तीव्र पार्दै सर्वनाश तिर उद्यत हुँदै छ, विनाश काले विपरीत बुद्धि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?