प्रदेश सञ्चालनका लागि आवश्यका कानुन निर्माण गर्दै

वीरगन्ज, ४ चैत । २ नं. प्रदेश सञ्चालनका लागि आवश्यक कानुनको तालिका बनाउने काम सुरु भएको छ ।२ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले तीन महिनाभित्र प्रदेशका लागि आवश्यक ऐन तयार पार्ने गरी तयारी थालिएको बताए । मुख्यमन्त्री राउतले भने, आवश्यक प्रक्रिया पुर्याएर छिट्टै प्रदेश सञ्चालनका लागि अतिआवश्यक एक दर्जन ऐन पारित गर्ने बताए ।प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनको मस्यौदा तर्जुमा गरिसकेको छ भने प्रदेश सञ्चालनका लागि अतिआवश्यक र अन्य मन्त्रालयका कानुनको मस्यौदा तयार भइरहेको छ ।त्यस्तै मख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकार त गठन भयो, न ऐन छ, न कानुन छ । खाता सञ्चालन हुन सकेको छैन, कामको खाका पनि बन्न सकेको छैन ।’, ‘तैपनि हामी प्रयास गर्दै छौं । प्रदेश संरचनालाई संस्थागत गर्न लागि परेका छौं । अतिआवश्यक विधेयकको मस्यौदा तयार भइरहेको छ । प्रक्रिया पुरा गरेर पारित गर्छौं ।’प्रदेश सरकार सञ्चालनका लागि न्यूनतम २२ वटा कानुनको आवश्यकता पर्छ उनले भने ।आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधि ऐनको मस्यौदा तयार पारिसकेका छौं । आर्थिक कार्यविधि ऐनको मस्यौदा संसदमा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अर्थ मन्त्रालयलाई स्वीकृति प्रदान गरिसकेको छ । त्यस्तै चैत ६ गते बस्ने प्रदेश संसदमा विधेयक पेश हुने र त्यसपछि संसदको राय सुझाव लिएर पारित गर्ने तयारी छ ।प्रदेश सरकार गठन भएको ठीक एक महिनापछि अर्थ मन्त्रालयले आर्थिक कार्य विधि ऐन–२०७४ सदनमा पेश गर्न लागेको हो । संसदले आर्थिक र्काविधि ऐन ल्याएपछि प्रदेशको बजेट निर्माणका लागि सरकारलाई बाटो खुल्नेछ ।अर्थमन्त्रालयको तर्फबाट अर्थमन्त्री विजय यादवले आर्थिक कार्य विधि ऐनको विधेयक सभामुखमार्फत सदनमा पेश गर्ने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।त्यस्तै प्रहरी सम्बन्धी ऐन, निजामति सम्बन्धि कानुन, केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, शिक्षा नियमावलीलगायतका ऐनको मस्यौदा भने भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?