बीरेन्द्र श्रेष्ठको ‘परदेशीको जीवन बरिलै’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । ईन्जिनियर बीरेन्द्र श्रेष्ठको स्वरमा रहेको ‘परदेशीको जीवन बरिलै सार्वजनिक’ भएको छ । उक्त भिडियो आँसु र करुणाले भरिएको छ ।

भावसागर इन्टरटेनमेन्ट मार्फत तयार गरिएको उक्त भिडियो अम्बिका गुरुङ्गको शब्द, दिपकराज बिश्वकर्माको सङ्गीत र एरेन्ज छ । उक्त भिडियोको निर्देशन टिकाराम आचार्यले गरेका छन् ।

भिडियोमा उदयमान मोडेल निर्मल खत्री ‘परदेशी’को रोल रहेको छ । भिडियोमा निशा राई मुख्य फिमेल मोडलको रुपमा छिन् ।

करिब ६ मिनेटको भिडियोलाई अन्तसम्म हेर्दा बेरोजगारी, गरिबी, केही गरौँ, नयाँ ठाउँ देखौ भनी ठूलो उत्साह बोकेर बिदेशमा काम गर्न गएका आम मानिसको नियत कस्तो हुँदै छ भन्ने भाव देख्न सकिन्छ । भिडियोमा झापा नाट्य घरका कलाकारहरुको सहभागिताले गीतको मर्म लाई जिवन्त बनाएको छ ।

६ बर्षिया कलाकार नानू धानु, मोडेल निशा राई, पेम्बा शेर्पा, गजेन्द्र पृथक, माया सिटौला, माधव सिटौला लगायत को जिवन्त अभिनय देख्न सकिन्छ ।

माया लाग्छ निष्ठुरिको भन्ने गीत बाट म्युजिक भिडियो सुरु गरेका नव मोडेल निर्मल खत्रीको अभिनय समेत रहेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?