काठमाडौं । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं ७ का २५ वर्षीय पुरुषको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत निज यही असोज २५ गते अस्पताल भर्ना भएका २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैबीच प्रदेशमा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिनेमा नवलपरासी९बर्दाघाट सुस्ता पूर्व०का १६, गोरखाका नौ, लमजुङ र स्याङ्जाका चार-चार, बाग्लुङका दुई, कास्की र पर्वतका एक-एक जना छन् ।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ४७१ जना रहेको निर्देशनालयले जनाएको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया