साताको शेयर बजार निराशाजनक : परिसुचक दोहोरो अंकले घट्दा लगानीकर्तालाई ३६ अर्ब भन्दा धेरैको घाटा

काठमाडौं । यस साता शेयर लगानीकर्ताका लागी शेयरबजार निराशाजन रह्यो । असोज महिनाको अन्तिम साता शेयर बजार परिसुचक २७.१८ अंकले घटेको छ ।

यस साता शेयर बजारको सबै सुचक गत साताको तुलनामा ओरालो लागेको छ ।

यस साता १५८९.०४ अंकको विन्दुबाट कारोबार शुरु भएको अन्तीम कारोबार १५६२.४६ को विन्दुमा यस साताको कारोबार बन्द भएको छ ।

यस साताभारको अवधिमा १ लाख ४५ हजार ९ सय ८० पटकको कारोबारमा ३ करोड ३१ लाख ६५ हजार ८ सय १६ कित्ताको खरिद विक्रि भएको छ ।

यस सातामा कुल ९ अर्ब ८ करोड ६४ लाख १० हजार ५ सय रुपैयाँ बराबरको शेयर कारोबार भएको छ जुन गत साताको तुलनामा ५ अर्ब ४४ करोड ५१ लाख ९९ हजार ९ सय २ रुपैयाँले कम हो । गत साता ५ दिनको कारोबारमा १४ अर्ब ५३ करोड १६ लाख १० हजार ४ सय २ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस साता बजार पूजीँकरण पनि ३६ अर्ब २२ करोड २ लाख ४८ हजार ४ सय ६४ रुपैयाँ ४५ पैसाले ओरालो लागेको छ । दोहोरो अंकले घटेको बजारमा यस साताको अन्तीम कारोबार पश्चात बजार पूँजीकरण २० खर्ब ८२ अर्ब ५८ करोड १६ लाख ९७ हजार ८ सय ६ रुपैया ५ पैसा कायमा भएको छ । गत साता बजार पूजीँकरण २१ खर्ब १८ अर्ब ८० करोड १९ लाख ४६ हजार २ सय ७० रुपैयाँ ५ पैसा कायमा भएको थियो ।

साताको ५ दिन कारोबार भएको शेयर बजारमा ३ दिन शेयर बजार ओरालो लागेको थियो भने जम्मा २ दिन शेयर बजार झिनो अंकले वृद्धि भएको थियो । कस्तो थियो त ५ दिनको कारोबार ?

पहिलो दिन

आइतबार शेयरबजार पसिुचक नेप्से दोहोरो अंकले ओरालो लागेको थियो । १३.३७ अंकले घटेर आइतबार १५ सय ७६ दशमलव २७ को अंकमा बजार बन्द भएको थियो । आइतबार समुहगत परिसुचक अन्तर्गत १२ समुहको कारोबार भएकोमा एउटा समुहको परिसुचक बढ्दा बाकिँ ११ समुहको परिसुचकमा गिरावट आएको थियो । फाइन्यास् अर्थात वित्त समुहको परिसुचक मात्र वृद्धि भएको थियो । उक्त समुहको परिसुचक भने २.०८ प्रतिशतले बढेको थियो । आइतबार १ सय ९३ कम्पनीको ३७ हजार ५ सय १५ पटकको कारोबारमा ९२ लाख ८१ हजार ४ सय ७८ कित्ता शेयरको खरिदविक्रि हुँदा २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार ५ सय ९८ रुपैयाँ ८५ पैसा बराबरको कारोबार भएको थियो ।

दोस्रो दिन

सोमबारको कारोबार शुरु भएको शुरुवात देखिनै निरन्तर ओरालो लागेको शेयर बजार अन्तमा १.७४ अंकको बढेर बन्द भएको थियो । सोमबार नेप्से परिसुचक १५ सय ७८ दशमलव ०१ अंकको विन्दुमा आएर सोमबारको कारोबार बन्द भएको थियो । नेप्से परिसुचक बढेर बन्द भएको अवस्थामा समुहगत परिसुचक भने मिश्रित देखिएको थियो । कारोबारमा आएका १२ उप समुह मध्य ७ समुहको परिसुचक घटेको छ भने बाँकि ५ समुहको परिसुचक बढेको थियो । बढ्ने समुह अन्र्तगत विकास बैंक समुहको परिसुचक सर्वाधिक ३.८८ प्रतिशतले वृद्धि भएको थियो । सोमबारको कारोबारमा सबैको लधुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक ६.०५ प्रतिशतले गुमाएका थिए । सोमबार कारोबारमा आएका १ सय ८९ कम्पनी मध्य ३१ हजार ८ सय ३७ पटकको कारोबारमा ६८ लाख १५ अजार ७ सय १० रुपैयाँ बराबरको कारोबार हुँदा १ अर्ब ९४ करोड ९० लाख ६० अजार १ सय ९३ रुपैयाँ ८४ पैसा बराबरको कारोबार भएको थियो ।

तेस्रो दिन

मंगलवार शेयर बजार परिसुचक नेप्से ९.२४ अंकले ओरालो लागेको थियो । सबै परिसुचक ओरालो लाग्दा ३ समुहको परिसुचक भने उकालो लागेको थियो । उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र ट्रेडिङ उप समुहको परिसुचक भने सकारात्मक देखिएका थिए । उक्त ३ कम्पनीको शेयरमूल्य १ प्रतिशत भन्दा पनि थोरैले वृद्धि भएका थिए । मंगलवारको कारोबारमा जलविद्युत समुहको परिसुचकमा सर्वाधिक २.०४ प्रतिशतले घटेको थियो भने दोस्रोमा फाइनेन्स समुहको परिसुचक १.९२ प्रतिशतले ओरालो लागेको थियो । मंगलवार १ सय ९३ कम्पनीको २८ हजार ६ सय ४० पटकको व्यापारमा ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता शेयरको खरिद विक्रिहुँदा १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ रुपैयाँ १५ पैसा बराबरको कारोबार भएको थियो ।

चौथो दिन

बुधवार पनि शेयरबजार परिसुचक नेप्से ७.४२ अंकले ओरालो लागेको थियो । बुधबार नेप्से सुचक १५ सय ६१ दशमलव १७ अंकको विन्दुमा बजार बन्द भएको थियो । घटेको बजारमा होटल समुहको परिसुचक मात्र ०.१४ प्रतिशतले बढेको थियो । बाँकि ११ समुहको परिसुचक सबैमा गिरावट देखिएका थिए । जसमध्य विकासबैंक, फाइनेन्स र जलविद्युत समुहको परिसुचक १ प्रतिशत भन्दा धेरैले ओरालो लागेको थियो भने बाँकि सबै समुहको परिसुचक १ प्रतिशत भन्दा थोरैले ओरालो लागेका थिए । सोमबार सुचिकृत भएर बुधबारबाट कारोबार शुरु भएको जनरल इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेर ९.८४ प्रतिशतले शेयर मूल्य बढेको थियो । बुधबार १ सय ९५ कम्पनीको २४ हजार ८ सय ९९ पटकको कारोबारमा ५२ लाख ९१ हजार ३ सय १४ कित्ता शेयरको खरिदविक्रि हुँदा १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको थियो ।

अन्तिम कारोबार दिन

केहि समयदेखि रिक्त रहेको अर्थमन्त्रीको पदमा बुधबार विष्णु पौडेलको पदभारले शेयरबजार कस्तो होला भन्नेमा धेरैको चासो रहेको थियो ।

तर, बिहिवार नेप्से परिसुचक १.२९ अंकले उकालो लाग्दा १ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको सर्वाधिक ७ करोड ४० लाख ८४ हजार २ सय २३ रुपैयाँ बराबरको कारोबार भएको थियो भने दोस्रोमा शिभम् सिमेन्टको ६ करोड ८४ लाख ९१ हजार ५ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

साताको अन्तीम कारोबार दिन बिहिबार १ सय ९६ कम्पनीको २घ हजार ८९ पटकको कारोबारमा ४९ लाख ९४ हजार ३ सय ६७ कित्ता शेयरको खरिदविक्रि हुँदा १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७ सय ३८ रुपैयाँ १८ पैसा बराबरको कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?