सातामा सुन १ सयले वृद्धि हुँदा चाँदीको भाउ ५ रुपैयाँले बढ्यो

काठमाडौं । यो साता सुन प्रति तोला १ सय रुपैयाँले वृद्धि भएको छ भने चाँदी ५ रुपैयाँले बढेको छ ।

गत साताको शुक्रबार सुन ९४ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो भने यस साताको अन्तीम कारोबार दिन शुक्रबार प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै चाँदी पनि गत साताको अन्तिम कारोबार दिन शुक्रवार ११ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा एक सातामा ५ रुपैयाँले बढेर यो साताको अन्तिम कारोबार दिन १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको थियो चाँदी पनि एकै दिन ४० रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँ प्रतितोल पुगेको थियो । त्यस्को आर्केदिन सोमबार सुन स्थीर रहँदा चाँदी १० रुपैयाँले बढेको थियो ।

मंगलवार र बुधबार सुन र चाँदि दुवै घटेका थिए । २ कारोबार दिनमा सुन प्रतितोला ११ सयले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ४० रुपैयाँले ओरालो लाग्दै १२ सय ५ रुपैयाँ प्रति तोलामा काराबोर भको थियो ।

बिहबिार सुन स्थीर रहेको थियो भने चाँदि ५ रुपैयाँले ओरालो लागेको थियो । त्यस्तै यस साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थीर रहेको थियो । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी स्थीर रहँदै १२ सय रुपैयाँ प्रतितोलामै कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?