भक्तपुरको योजना हेलम्बुमा बैठक !

भक्तपुर, ४ चैत – भक्तपुरमा पछिल्लो समय सरकारी, गैरसरकारी संस्था र सहकारीहरुको अवलोकन भ्रमणमा नाममा लाखौं रकम भ्रमण गरेर सक्ने परिपाटीको विकाश भएको छ ।यस्ता गलत परिपाटीको अन्य हुनुपर्नेमा जिल्लाका माथिल्लो तहका नेता र कर्मचारीहरु र संञ्चाकर्मीले समेत साथ दिने गरेका छन् ।जिल्लामा केही सहकारीले समेत पारिवारी भ्रमणलाई अवलोकन भ्रमण नाम दिएर संस्थाको रकम सक्ने परिपाटी रोकिएको छैन् ।देशमा जनताले परिर्वतन र विकाशको आंकाक्षा गरेपनि जनप्रतिनिधि र कर्मचारीमा उहिँ पुरानै शैलीको अन्त्य हुन सकेको छैन् ।शनिबार त्यस्तै एउटा जम्बो टोली सिन्धुपाल्चोकको हेलम्बु तर्फ गएको छ । जुन आइतबार साझँ फर्किने छ ।जसको अध्यक्षता जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले गरेका छन् ।जिल्ला स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको कार्यशाला गोष्ठि भएकाले गेलाल त्यसको अध्यक्ष हुन् ।कार्यक्रम पूर्ण सरसफाई सम्बन्धी रणनैतिक कार्ययोजना २०७४ कार्यशाला गोष्ठी चैत ३ र ४ नाम दिएको छ ।यूनहेल्बेटास र भक्तपुरलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिदिने गैर सरकारी संस्था युवा क्रियाकलाप समाज उक्त कार्यशाला गोष्ठि जुराएको सोही टोलीमा समावेश एकजनाले बताए ।यसबारेमा भक्तपुर जिल्लामा नै योजना तर्जुमा गोष्ठि बस्दा के हुन्छ ? भन्ने प्रश्न गर्दा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले प्रश्नको फरक जवाफ दिदै भने ‘यो रणनैतिक योजना बनाउने कार्यशाला भएकाले पत्रकारहरुलाई पछि कार्यक्रम गरेर जानकारी दिन्छौं । ’जिससका प्रमुख गेललासंग फोन सम्पर्क गर्दा उनले ‘पछि कुरा गर्छु’ भनेर पन्छिए ।उक्त गोष्ठिमा जिल्लाका सांसद, जिल्ला समन्वय समितिका उपप्रमुख तथा सदस्यहरु, प्रदेश सांसद, नगरपालिकाका प्रमुख, उपप्रमुख, गैससका प्रतिनिधि तथा केही पत्रकारहरुको समेत सहभागिता रहेको स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?