धरौटीमा छुटाईदिने भन्दै ४ लाख लिने प्रहरी हवल्दारसहित उनकी श्रीमती पक्राउ

रुपन्देही । रुपन्देहीमा धरौटीमा छुटाईदिने भन्दै चारलाख रुपयाँ लिने क्रममा प्रहरी हवल्दारका श्रीमान् श्रीमति अख्तियारको फन्दामा परेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुस सहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग लिएको चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले रुपन्देहीको सियारी गाउँपालिका वडा नं ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रक्ता सुरेश भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?