भाइबरले ल्यायो ‘माइ नोट्स’मा दशैंको लागि रिमाइण्डर सेट गर्न मिल्ने फिचर

काठमाडौं । भाइबरले प्रयोगकर्ताहरुलाई आफ्ना कार्यहरु र अन्य महत्वपूर्ण कार्यक्रमहरुका लागि रिमाइण्डर राख्न मिल्ने गरेर ‘माइ नोट्स’मा विशेषता थप गरेर प्रस्तुत गरेको छ ।

प्रयोगकर्ताको गोपनीयतालाई जोड दिने र चलाउन सजिलो एपको यो नयाँ खुबीले प्रयोगकर्ताहरुलाई उनीहरुको सबै सन्देशहरु र रिमाइण्डरहरु सुरक्षित राख्न मद्दत गर्दछ ।

रिमाइण्डरहरु र कार्य सूचीहरुलाई नियन्त्रण गर्नु हाम्रो जीवनमा बढी महत्वपूर्ण भइसकेको छ । यी रिमाइण्डरहरुले जन्मदिन सम्झिन, आउँदै गरेको परिक्षाहरु सम्झिन, र कन्फ्रेन्स् कलहरु सम्झिन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

भाइबरमा माइ नोट्सको नयाँ रिमाइण्डर विशेषताका साथ प्रयोगकर्ताहरुले साथीभाइ, परिवार र सहकर्मीहरुलाई सन्देश पठाउन प्रयोग गर्ने एउटै प्लेटफर्ममा नै उनीहरुका दिनहरुको रेकर्ड राख्न समर्थ बनाइदिन्छ र अहिलेको नयाँ परिस्थितिसँग सहजै अनुकूल हुन मदत गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?