काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।
धनगढी उप-महानगरपालिका वडा नं ११ अन्तर्गत पर्ने सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई सेवाग्राहीसँग ८०,००० घुसररिसवत लिइसकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सव-डिभिजन वन कार्यालय, तारानगर, कैलालीले ट्रयाक्टरका चालक सहित काठ बरामद गरेको सन्दर्भमा उक्त काठको मुद्दा मिलाइदिन्छु भनि सोही कार्यालयका रेन्जर राम अवतार चौधरीले सेवाग्राहीसँग घुसररिसवत मागेको भन्ने सुचनाको आधारमा अख्तियारको टोली त्यहाँ पुगेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
प्रवक्ता अधिकारीका अनुसार अख्तियारबाट गएको टोलीले रेन्जर अवतार चौधरीलाई उक्त रकम दिनका लागि बिचौलियाको भूमिका निर्वाह गरेको अभियोगमा पक्राउ गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया