काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै डेनमार्क सरकारले १० लाख मिंक मार्ने आदेश दिएको छ ।
डेली मेलको रिपोर्टका अनुसार देश भरका फार्ममा रहेका मालिकलाई कोरोना संक्रमित मिंक मार्न आदेश दिएको हो ।
अमेरिकाको मृषि विभागले डेनमार्कको उत्तरी जूटल्याण्डमा मिंकको एक फार्ममा कोरोना संक्रमण फैलिएको बताएको थियो ।
त्यहाँ काम गर्नेमा कोरोना संक्रमण फैलिएको बताइएको थियो । अहिलेसम्म त्यहाँ ६० भन्दा धेरै मिंकमा कोरोना संक्रमण फैलिएको बताइएको छ ।
कोरोना संक्रमण फैलिएको आशंका पछि सरकारले १० लाख मिंक मार्न आदेश दिएको हो । यो आदेश पछि सोसल मिडियामा सरकारको चर्को आलाचना भईरहेको छ ।
केहि दिन अगाडि मात्र अमेरिकाको फाम्र्समा १० हजार मिंक मरेका पाइएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया