काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
श्वास प्रश्वासमा समस्या तथा उच्च रक्त चापका कारणले गत बुधवार धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।
खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि चिकित्सकको सल्लाह बमोजिम उनलाई शुक्रवार दिउँसो डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया