काठमाडौँ, ४ चैत – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई सेवाबाटै हटाउने चेतावनी दिएका छन् ।उनले भने, ‘कर्मचारीले कि जागिर खान्छन्, कि सेवाबाट बाहिर जान्छन् ।’ उनले खराब कर्मचारीप्रति आफूमा कहिले पनि दयामाया नआएको बताए । मन्त्री पण्डितले भने, ‘मलाई खराब कर्मचारीको कहिल्यै माया लाग्दैन ।’ नयाँ पत्रिकाले खबर छापेको छ |उनले आइतबार कर्मचारी सरुवा भएको कति दिन भयो हेर्ने र साबिकको कार्यालयमा हाजिर बन्द गरिदिने बताएका छन् ।मन्त्री पण्डितले ऐनमा भएका छिद्र देखाएर नबस्न पनि कर्मचारीलाई चेतावनी दिएका छन् । उनले आवश्यक परे फास्टट्र्याकबाट ऐन संशोधन गरेर भए पनि खराब कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया