हेर्नुहोस् २०७७ साल कार्तिक १ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल कार्तिक ०१ गते । शनिवार । इ.स.२०२० अक्टोबर १७ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । आश्विन शुक्लपक्ष । तिथी– प्रतिपदा,२३ बजेर २९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–चित्रा,१४ बजेर २४ मिनेट उप्रान्त स्वाती ।

योग–विष्कुम्भ,२५ बजेर १७ मिनेट उप्रान्त प्रिती । करण–किंस्तुध्न,१२ बजेर ४१ मिनेट उप्रान्त बव,२३ बजेर २९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काण योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०५ मिनेटमा, सूर्यास्त १७ बजेर ३० मिनेटमा । दिनमान २८ घडी ३३ पला । कार्तिक संक्रान्ति। मातामह श्राद्ध। घटस्थापना। शारदीय नवरात्र प्रारम्भ ९नलास्वने०।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यावसाय विस्तारकै सवालमा यात्रा हुनेछ । पढाई लेखाई तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाँठो कसिनेछ । उपहार तथा भौतिक सम्पती हात लागी हुने योग रहेको छ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययनमा आजको दिन मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । मन परेको मानिससँग मनमुटाव बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा लगानी गर्नको लागि केहि समय पर्खनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । अरुको भर पर्नाले अवसर गुम्नेछ । भौतिक सम्पत्ती तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

टाडिएका आफन्त तथा घरपरिवारका मानिससँग भेटघाटले मन प्रशन्न हुनेछन् । अध्ययनमा मन जाने तथा नतिवा आफैँतिर ल्याउन सकिनेछ । सवारी साधन तथा जग्गा सम्बन्धी कामबाट फाईदा हुनेछ । अन्य व्यवसाय मध्ययम रहेपनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

औषधिजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुबै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन शकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुबै कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पारिवारिक माहोलमा समय बित्ने हुनाले दिन रमाईलो तथा उल्लासमय बित्नेछ । महंगो तथा बिलाशि वस्तुको प्रयोग गर्न पाईने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी ईज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पारिवारिक माहोलमा समय बित्ने हुनाले दिन रमाईलो तथा उल्लासमय बित्नेछ । महंगो तथा बिलाशि वस्तुको प्रयोग गर्न पाईने योग रहेकोछ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी ईज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । तर पनि खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाई लेखाईमा ध्यान नदिँदा अरुभन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धीत व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

सामाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । माया प्रेममा धोका हुनेछ भने आस्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टिका तथा प्रशाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई रोकिन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापारमा अलि बढि समय लगानी गर्दा आम्दानीमा वृद्धि भएर जानेछ । आफन्त तथा दिदि बहिनी तथा कुटुम्वको सहयोगले राम्रा काम गर्न सकिनेछ । तरपनि भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?