२२ जेष्ठ २०८०, सोमवार

मासु खानुअघि ध्यान दिनुहोस् यी कुरा

२०७४,आश्विन,११,बुधबार ०२:३५

18
Shares

काठमाडौँ, ११ असोज- दसैंमा सचेत भएर मासु उपभोग गर्न विज्ञले सुझाव दिएका छन् । विज्ञका अनुसार यो समयमा मासुको गुणस्तर नहेरी जथाभावी सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा बढ्छ। विज्ञहरूले दसैंमा सकेसम्म ‘थोरै खाऔं तर गुणस्तरीय शुद्ध मासु नै सेवन गरौं’ भन्ने सुझाव दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।दसैंमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ । सामान्य समयभन्दा यो समयमा झन्डै आठ दोब्बर हाराहारीमा मासु खपत हुन्छ ।सकेसम्म छाला भएको मासु प्रयोग गर्नु हुँदैन ।’बंगुरको हकमा भने बोसो भएको मासु स्वास्थ्यका लागि राम्रो मानिन्छ । खरिद गरेको वा घरमै काटिएको मासु धेरै दिनसम्म राख्नलाई मासुलाई पहिलेदेखि नै टुक्रा–टुक्रा बनाएर फ्रिज (रेफ्रिजरेटर) मा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्दा मासुको गुणस्तर कायमै राख्न सकिन्छ । ‘तर काँचो मासु फ्रिजमा राख्नुपर्छ । फ्रिजबाट झिकेर फेरि आवश्कताअनुसार काटेर पकाउने,’ राईले भने, ‘बचेको मासु फेरि फ्रिजमा राख्ने र फेरि निकालेर काटेर पकाउने प्रक्रियाले मासु गुणस्तरहीन बन्ने सम्भावना हुन्छ । यस्तो मासु खान अयोग्य मानिन्छ ।’-हरियो–कालो फिक्का देखिने दुर्गन्ध आउने मासु खरिद नगर्न सुझाव-छाला र भएको मासु प्रयोग गर्नु नहुने-फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्ने-पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने प्रक्रिया घातक-पोलेर, भुटेर, तारेर वा डढाएर खाँदा रोग निम्त्यने खतरा-मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी खाँदा राम्रो-गुणस्तरयुक्त खानेतेल र मसला प्रयोग गर्नुपर्नेयस्तै, पकाइसकेको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने फेरि फ्रिजमा राख्ने र फेरि खाने बेलामा तताउने प्रक्रिया पनि मानव स्वास्थ्यका लागि निकै घातक हुने उनको ठहर छ । यस्तो मासु सेवन गर्दा फुड प्वाइजन हुने खतरा हुन्छ । मासुमा अम्लियपनाको मात्रा ५.७ पिएचभन्दा कम र ६.३ पिएच भन्दा बढी हुनुहुँदैन । यस्तो भयो भने मासु कालो र पिक्काजस्तो देखिन्छ । यस्तो मासु सेवन गर्नुहुँदैन ।

प्रकाशित मिति: २०७४,आश्विन,११,बुधबार ०२:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१