गुण्डा नाइके विकास पुन आफ्नै कोठाबाट पक्राउ

काठमाडौं । गुण्डा नाइके विकास पुन आफ्नै डेराबाट पक्राउ परेका छन् ।

प्रहरी चेकिङका क्रममा पुनले अभद्र व्यवहार गरेको भन्दै प्रहरीले गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही रतनपुरस्थित उनकै डेराबाट पक्राउ गरेको हो ।

पुन विभिन्न काण्डमा यसअघि पनि पटक पटक पक्राउ परिसकेका छन् ।

हिरासतमा बस्दै बाहिरिँदै गरेका पुनमाथि सर्वोच्चमा ज्यान मार्ने उद्योगको मुद्धा चलिरहेको छ ।

प्रहरीका अनुसार हाल उनी हिरासतमा रहेका छन् । भने पुनबारे थप अनुसन्धान भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?