कोरोना संक्रमण मुक्त भएको २ महिनापछि आँखामा फेला पर्यो भाइरस !

काठमाडौं । चीनमा कोरोना भाइरसको एउटा अनौठो केस देखा परेको छ ।

६४ वर्षकी वृद्ध महिलामा कोरोना संक्रमण मुक्त भएको २ महिना पछि फेरि संक्रमण देखिएको छ । उनी कोरोना संक्रमण भएर ३१ जनवरीमा अस्पतालमा भर्ना भएकी थिइन् ।

त्यसपछि उनको रिपोर्ट १८ फेब्रुअरी र २० फेब्रुअरीमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो । तर त्यसको २ महिना पछि उनको आँखामा १० अप्रिलमा फेरि कोरोना संक्रमण पाइएको थियो ।

सर्जरीको बेला आँखाबाट लिइएको टिश्यू स्याम्पलको जाँचमा उनको आँखामा कोरोना भाइरसको प्रोटिन भेटिएको हो ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?