सुशान्त आत्महत्या केसबारे बोल्यो सीबीआई

काठमाडौं । सीबीआईले सीबीआईले बिहीवार सुशान्त सिंह राजपूतको मामिलामा बयान जारी गरेको छ ।

अभिनेताको मृत्यु प्रकरणबारे अझै पनि अनुसन्धान भईरहेको सीबीआईले बताएको छ ।

सीबीआईले यो जानकारी केसको जाँच पूरा भईसकेको भन्ने खबर बाहिरिएपछि आएको हो ।

सीबीआईका प्रवक्ता आरके गौरले एक अन्तर्वार्तामा अनुसन्धान चलिरहेको बताएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सीबीआईले अब छिटै नै आफ्नो क्लोजर रिपोर्ट कोर्टमा पेश गर्ने बताएको छ ।

एम्स अस्पतालको रिपोर्टमा भने अभिनेता सुशान्तको मृत्यु हत्या नभई आत्महत्या भएको बताएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?