धनगढी, ४ चैत -बोक्सी आरोपमा निर्घात कुटिएकी राधा चौधरी बोक्सी प्रथाविरुद्ध लागेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको दिन २४ फागुनमा बोक्सीका नाममा झन्डै ६ घण्टा कुटाइमा परेकी कैलाली घोडाघोडी नगरपालिका–५ देवकलियाकी १८ वर्षीया राधा शुक्रबार आफू कुटिएको गाउँमा पुगेर बोक्सी प्रथाविरुद्धको अभियानमा लागेकी हुन् ।स्थानीय भोलेबाबा भनिने रामबहादुर चौधरी, पार्वतीमाता भनिने किस्मती चौधरी, स्मारिका चौधरीलगायतले राधालाई दर्जनौं गाउँलेका अगाडि मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटपछि बेहोस भएकी राधालाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गरेर महिला पुनःस्थापना केन्द्र (ओरेक) को सेफ हाउसमा राखिएको छ ।ओरेकको सेफ हाउसमा बस्दै आएकी राधालाई शुक्रबार साँझ उनलाई बोक्सी आरोपमा कुटपिट गरिएको देवकलिया गाउँमा लगेर सम्मान गर्नुका साथै स्थानीयलाई जनचेतनामूलक फिल्म ‘अग्निदहन’ देखाइएको थियो ।ठूलो संख्यामा उपस्थित भएका स्थानीयमाझ राधाले बोक्सी प्रथाजस्तो कूरीतिप्रथामा विश्वास नगर्न अनुरोध गरेकी थिइन् ।‘मान्छे बोक्सी हुन्न कहिल्यै’ भन्ने मूलमर्मसहित राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले बोक्सी प्रथाविरुद्धको जनचेतना फैलाउन बोक्सी कथामा आधारित ‘अग्निदहन’ फिल्म देखाउन कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरे, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा राधाको गाउँ देवकलिया पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया