काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशको मुख्यमन्त्रीमाथि अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरुसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली पक्षहरुसँग भेटघाट गरी त्यसबारे छलफल गरेका हुन् ।
प्रचण्डले बिहीवार नेताहरुलाई भेटी छलफल तथा कुराकानी गरेको स्रोतले जनाएको छ ।
हिजोको भेटघाटमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि आफ्नो निवास खुमलटारमा बोलाएर कुरा सुनेको स्रोतले जनाएको छ ।
उनी निकट स्रोतका अनुसार प्रचण्डले नेकपा कर्णालीका अध्यक्ष गोरखबहादुर बोगटी, सहइन्चार्ज यामलाल कँडेल र हालै मुख्यमन्त्री शाहीद्वारा प्रमुख सचेतकबाट निलम्बवित गुलावजंग शाहलाई बोलाएर उनीहरुको गुनासो सुनेको बुझिएको छ ।
उनीहरुको कुरा सुनिसकेपछि अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग भेटघाट गरी छलफल गर्नका लागि समेत आग्रह गरेका थिए ।
तर अध्यक्षद्वय एकै ठाउँमा बसेर कर्णालीबाट काठमाडौं बोलाइएका नेताहरुसँग भने भेटघाट हुन सकेको छैन् । स्रोतका अनुसार सम्भवतः आज दुवै अध्यक्षहरुसहित कर्णालीबाट काठमाडौं बोलाइएका नेताहरुसँग एकैसाथ भेटघाट हुनेछ ।
गत आइतवार मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध नेकपाकै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । विवाद समाधानको लागि ओली प्रचण्डले छलफलका लागि मुख्यमन्त्री शाही, तत्कालिन प्रदेश प्रमुख सचेतक शाह लगायत नेताहरुलाई काठमाडौं बोलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया