काठमाडौं । सारा विश्व अहिले कोरोना भाइरसविरुद्धको भ्याक्सीनको पर्खाइमा छ ।

यो वर्षको अन्तिममा कोरोनाविरुद्धको भ्याक्सीन आउने बताइएको छ ।तर विश्व स्वास्थ्य संगठनले दिएको बयानले भने विश्वमा नैराश्यता छाएको छ ।

डब्ल्यूएचओकी प्रमुख डाक्टर सौम्या स्वामीनाथनले स्वस्थ युवाहरुले कोरोनाविरुद्धको भ्याक्सीनका लागि लामो समय कुर्नु पर्ने बताएकी छन् ।

उनले एक सोसल मिडिया इभेण्टमा भनिन्,’ धेरैजासो मानिस यो कुरामा सहमता छन् कि, सबैभन्दा पहिला भ्याक्सीन हेल्थ वर्कर्स र फ्रन्ट लाइनमा काम गर्नेलाई दिन आवश्यक छ । तर, हामीले सबैभन्दा धेरै आवश्यक कसलाई छ, त्यो हेर्नुपर्ने हुन्छ, त्यसपछि वृद्धहरुको पालो आउँछ ।’

उनलेआम स्वस्थ व्यक्तिले भ्याक्सीनको लागि २०२२ सम्म कुर्नु पर्न पनि सक्ने बताएकी छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया