चीनबाट हुने एयर कण्डिसनर आयातमा भारतले लगायो प्रतिबन्ध

काठमाडौं । भारतले चीनबाट आयात हुँदै आएका एयर कण्डिसनर आयातमा रोक लगाएको छ ।

घरेलु म्यान्युफेक्चरिङलाई बढाउन र गैर जरुरी सामानको आयातमा कमी गर्न भारत सरकारले यो कदम उठाएको बताएको छ ।

एसीको बजार भारतमा ४० हजार करोड रुपैयाँको रहेको बताइएको छ । भारतले चीनबाट २८ प्रतिशत एसीको आयात गर्दै आएको थियो ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?