शारदीय नवरात्रको पहिलो दिन, आज माता शैलपुत्रीको पूजा गरिँदै

काठमाडौं । शारदीय नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताको ९ रुप छन् ,त्यसमध्ये पहिलो रुप शैलपुत्री हो । मार्कण्डेय पुराणका अनुशार पर्वतराज हिमालयकी पुत्रीको रुपमा उत्पन्न भएकी हुनाले शैलपुत्री नाम रहन गएको हो । आश्विन प्रतिपदा अर्थात आजकै दिन माता शैलपुत्रीको पूजा तथा आराधाना गरिन्छ ।

एक कथाको अनुसार दक्ष प्रजापतिले ठुलो यज्ञ गरेका थिए । त्यस यज्ञमा सबै देवताहरुलाई निमन्त्रण गरिएको थियो तर दक्ष प्रजापतिले भगवान शंकर र शतिदेवीलाई निमन्त्रण गरेका थिएनन् । आफ्नो बुवा दक्षप्रजापतले ठूलो यज्ञ गरेको तर आफूलाई वेवास्ता गरि निमन्त्रणा नगरेको भन्दै सतिदेवीले श्रीमहादेवलाई बृतान्त सुनाईन र बाबुले गरेको त्यस यज्ञमा जान ईच्छा राखिन ।

श्रीमहादेवले निमन्त्रणा नगरेको कारण त्यस यज्ञमा जान ठिक हुन्न भनि सतिदेवीलाई सम्झाउनु भयो । सतिदेवीले यज्ञमा आमा तथा बहिनीहरुसँग भेटघाट गर्ने र यज्ञमा सहभागिता जनाउनको लागि जाने भन्दै श्रीमहादेवसँग अनुमति लिएर यज्ञमा गईन् ।

आफ्नो बुवाले गरेको महान यज्ञमा पुग्दा शतिदेवीलाई दुरव्यावहार गरियो र महादेवलाई पनि नाना तरहले गालि गरियो ।

आफ्नो स्वामीलाई बुवा दक्षप्रजापतिले गरेको नाना प्रकारको गालि सहन नसकि शतिदेवीले आफनो शरीर यज्ञमा बलिरहेको अग्निमा हाम फालेर देह त्याग गरिन् ।

यस प्रकारको दुखद् घटना श्रीमहादेवले सुनि क्रुद्ध हुँदा भए त्यसपछि आफ्नो गणहरुलाई यज्ञ स्थलमा पठाएर दक्षप्रजापतिको यज्ञ पूर्णतया ध्वस्त गरिदिनु भयो । शतिदेवीले अग्निद्धारा देह त्यागी अघिल्लो जन्ममा शैलराज शिमालय पुत्रिको नाममा जन्म लिई शैलपुत्रि नामले बिख्यात भईन् । शैलपुत्रिको दाहिने हातमा त्रिसुल र बायाँ हातमा कमलको फुल शुसोभित रहेको छ ।

शैलपुत्रिको पूजाविधी

स्नानआदि नित्यकर्म गरेर सर्वप्रथम गंगाजल जा गाईको गहुतले शुद्ध गरि काठमाथि रातो बस्त्र बिछ्याई शैलपुत्रिको तस्बिर स्थापना गर्नुपर्दछ । शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ जसमध्ये धान, चामल, जौँ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अविर, केशरी, शौभाग्य, शृङ्गार, सिन्दुर, नरिवल, फलफूल, पकवान्न, धूप, बत्ति, कपुर, फूल, माला आदि सरजाम मिलाई पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसी दाहिनेतर्फ रहेको दिप प्रज्वलन गरी दियोको आवाहन सहित सबै उपचारले पूजागरि फल, प्रसाद, दक्षिणा चढाउनु पर्दछ, तत्पश्चात् दाहिने हातमा जौ, तिल, पानि, फूल, कुश या दुबो र द्रब्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धु बान्धबहरूको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनु पर्दछ ।

संकल्प पश्चात् अर्घ स्थापनागरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गं गणपतये नमः भन्दै सबै उपचारले पूजा गरिसके पछि धुप, दिप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गरिसकेपछि इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण व्रह्माण्डका देवी देवताहरूको आवाहनगरी कलशभित्र पञ्चरत्न, पञ्चपल्लव, सर्वोषधि आदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथी नरिवल, सुपाडी वा सिँगोफल राखेर सबै उपचारले पूजागर्दै धुप, दिप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ ।

शैलपुत्री माताको पूजा गर्दा निम्न मन्त्र उच्चारण गर्नुपर्दछ ।

वंदे वांच्छितलाभायाचन्द्रार्धकृतशेखराम्
वृषारूढांशूलधरांशैलपुत्रीयशस्विनीम् ।।
पूणेंदुनिभांगौरी मूलाधार स्थितांप्रथम दुर्गा त्रिनेत्रा ।
पटांबरपरिधानांरत्नकिरीटांनानालंकारभूषिता ।।
प्रफुल्ल वदनांपल्लवाधरांकांतकपोलांतुंग कुचाम् ।
कमनीयांलावण्यांस्मेरमुखीक्षीणमध्यांनितंबनीम् ।।
वन्दे वाद्द्रिछतलाभाय चंद्रार्धकृतशेखराम ।
वृषारूढां शूलधरां शैलपुत्री यशस्विनीम् ।।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?