यसरी गरियो सानिमा जनरल इन्स्योरेन्सको आईपिओ बाँडफाँड (भिडियोसहित)

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारण शेयर बाँडफाँड भएको छ ।

इन्स्योरेन्सको आइपीओमा ८ लाख ६६ हजार ९०५ वटा आवेदन परेकोमा ३ हजार ३६० वटा आवेदन रद्ध गरी बाँकी आवेदकलाई शेयर बाँडफाँड प्रकृयामा सहभागी गराइएको छ ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा शेयर बाँडफाँड भएको हो ।

कूल ३० लाख कित्ता आईपिओ जारी गरेको कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । जसमा मागको ६.९९ गुणा धेरै अर्थात १ करोड ९० लाख ९१ हजार ८० कित्ता शेयर माग भएको थियो ।

इन्स्योरेन्सको शेयर २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले पाएका छन् । कुल आवेदकमध्ये ५ लाख ९० हजार ५८५ आवेदकले शेयर पाएनन् ।

यसरी गरियो शेयर बाँडफाँड

भिडियो सामाग्री एन आई सी एशिया क्यापिटलको फेसबुक पेजबाट लिइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?