शुक्रवार सुनको मूल्य बढ्दा चाँदीमा स्थिरता

काठमाडौं । साताको अन्तिम दिन (शुक्रवार) सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिरता छाएको छ ।

शुक्रवार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीवार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

त्यस्तै चाँदीको मूल्य भने बिहीवारको तुलनामा स्थिर रहँदै १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?