डेब्यु खेलमै मोटिङको दुई गोल, बार्यानको सहज जित

काठमाडौं । डीएफबी पोकलको पहिलो चरणको खेलमा बायर्न म्युनिखले सहज जित हात पारेको छ । बिहिवार राति भएको खेलमा बार्यानले डुरिनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २४ औं मिनेटमा मोटिङले बायर्नलाई अग्रता दिलाएका थिए । थोमस मुलरले ३५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नको अग्रतालाई दोब्बर बनाए ।मोटिङलेखेलको ७५ औं मिनेटमा गोल गर्दै बायर्नको जित सुनिश्चित गरेका थिए ।

जितसँगै बायर्न प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?