आईपीएलमा आज : मुम्बई र कोलकता भिड्दै, मुम्बईलाई लगातार पाँचौ खेल जित्ने मौका

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३२ औँ म्याचमा आज मुम्बई इण्डियन्स र कोलकता नाइट राइट राइडर्सबीच खेल हुँदैछ ।

खेल आबुधाबीमा नेपाली समयानुसार साँझ ७ः४५ मा शुरु हुनेछ ।

मुम्बईलाई यो खेल जित्दै लगातार पाचौँ म्याच जित्ने अवसर रहेको छ भने कोलकतालाई ब्यांग्लोरसँग व्यहोरेको ठूलो हारलाई बिर्सन जित निकाल्ने अवसर रहेको छ ।

पछिल्ला १० म्याचमा कोलकतालाई मुम्बईले १० पटक हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?