लगातार पाँच हारपछि पञ्जावमा क्रिस गेलको इन्ट्री, पहिलो खेलमै दिलाए जित

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३१ औँ म्याचमा किंग्स इलेभन पञ्जावले रोयल च्यालेन्जर्स ब्यांग्लोरलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

लगातार ५ खेलमा पराजित बनेको पञ्जावले २ म्याच मात्रै जित्न सकेको छ । साथै पञ्जाव अझै पनि अंकतालिकाको अन्तिम स्थानमा छ ।

यो भन्दा अगाडिको खेलमा पनि पञ्जावले ब्यांग्लोरलाई ९७ रनले पराजित गरेको थियो । सीजनको पहिलो म्याच खेलेका क्रिस गेलले ४५ बलमा ५३ रन बनाएका थिए ।

उनले ५ छक्का र एक चौका प्रहार गरेका थिए । टस जितेर ब्याटिङ गरेको ब्यांग्लोरले २० ओभरमा १७२ रनको टार्गेट दिएको थियो ।

जवलाफमा पञ्जावले २ विकेट गुमाएर १७७ रन बनाउन सफल ह्यो । पञ्जावलाई अन्तिम ओभरमा मात्र २ रनको आवश्यक्ता थियो । र पनि म्याच अन्तिम बलसम्म पुग्यो ।

त्यो बेला गेल ५२ रन बनाएर स्ट्राइकमा थिए भने राहुल ६१ रन बनाएर नन स्ट्राइकमा थिए । बलिङमा थिए युजबेन्द्र चहल ।

उनले पहिलो २ बलमा कुनै रन दिएनन् । तेश्रो बलमा गेलले एक रन लिए । चौथो बल राहुलले डट खेले र दुबै जना ब्याट्सम्यान दाबावमा आए ।

५ औँ बलमा राहुलले एक रन लिने प्रयाश गरे तर गेल रन आउट भए । अब पञ्जावलाई एक बलमा एक रनको आवश्यक्ता थियो ।

त्यसपछि निकोलस पूरनले मैदानमा इन्ट्री मारे । उनले अन्तिम बलमा छक्का प्रहार गर्दै जित दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?