काठमाडौं – रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका रक्षामन्त्री ईश्वर पोखरेललाई नेपाली सेनाले जंगीअड्डामा एक कार्यक्रमको आयोजना गरी बिदाई गर्ने भएको छ ।
यसका लागि प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो आइतबार साँझ जंगीअड्डामा कार्यक्रम राखेका छन् ।
जंगीअड्डामै उनको बिदाई गर्ने भएपछि रक्षा मन्त्रालयमा आज (बुधबार) भएको बिदाइ कार्यक्रममा उपरथी शशिबहादुर सिंह सहभागी भएका थिए । रक्षा मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रेश्मिराज पाण्डेले पोखरेल कर्मचारी र विभागीय समूहको असहयोगले हटेको भन्ने विषय गलत रहेको दाबी गरेका थिए ।
यसैबीच उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गरेका छन् ।
यसअघि रक्षामन्त्री रहेका पोखरेल बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त भएका थिए ।
प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्नेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयको कार्यभार आफैँले सम्हालेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया