काठमाडौं । गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको छ ।
गैरनाफामुलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको हो ।
आज गृहमन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित दुई मन्त्रालयका पदाधिकारी सहितको बैठक सो निर्णय गरेको हो ।
केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिण्डिकेटलाई निरन्तरता दिनेगरी गैरनाफामुलक कम्पनी र एकल स्वामित्वमा रहनेगरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो ।
बैठकले सिण्डिकेट खारेजी यसअघिको गृहमन्त्रालयको निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया