आईपीएल : मैदानमा टेक्दै विराट कोहलीले रचे इतिहास

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३१ औँ म्याचमा रोयल च्यालेन्जर्स ब्यांग्लोर र किंग्स इलेभन पञ्जाव खेलिरहेका छन् ।

शारजाहमा भईरहेको खेलमा ब्यांग्लोरले टस जितेर ब्याटिङ रोजेको छ । योसँगै पञ्जाव बलिङ गर्न मैदान छिरेको छ ।

यसैबीच यो खेलको मैदानमा उत्रिए लगत्तै ब्यांग्लोरका कप्तान विराट कोहोलीले रेकर्ड बनाएका छन् । उनले एकै टिमबाट २०० म्याच खेल्ने पहिलो खेलाडीको रेकर्ड बनाएका हुन् ।

उनले कोलकताविरुद्ध आफ्नो १९९ म्याच खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?