ब्यांग्लोरले टस जितेर ब्याटिङ रोजेपछि पञ्जाव बलिङमा

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ३१ औँ म्याचमा रोयल च्यालेन्जर्स ब्यांग्लोर र किंग्स इलेभन पञ्जाव खेलिरहेका छन् ।

शारजाहमा भईरहेको खेलमा ब्यांग्लोरले टस जितेर ब्याटिङ रोजेको छ । योसँगै पञ्जाव बलिङ गर्न मैदान छिरेको छ । लगातार ५ वटा म्याच हारेको पञ्जाव यो म्याच जसरी पनि जित्ने सोचमा छ ।

यो भन्दा पहिलाको खेलमा पञ्जावले ब्यांग्लोरलाई ९७ रनले पाराजित गरेको थियो ।

यो सीजनमा पञ्जावले अहिलेसम्म ७ खेल खेलेको छ । जसमा ब्यांग्लोरलाई नै पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?