काठमाडौं । १४ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने एक पुरूष पक्राउ परेका छन्।
प्रहरीले रौतहटको वृन्दावन नगरपालिका ४ हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेलीलाई आफ्नै साथीको छोरीमाथि बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरेको हो।
उनलाई जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका ४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धिविक्रम साहले लोकपथलाई बताए । मृतक बालिका गढिमाई नगरपालिका १ समनपुर टोलकी भएको बताइएको छ । उनी सानै उमेरदेखि वृन्दावन नगरपालिका ४ स्थित बाजेको घरमा बस्दै आएकी थिइन् ।
उनी असोज १६ गते शुक्रवार बिहान नौ बजे किशोरी गाईवस्तुको लागि घाँसपात लिन गएकी थिइन् । त्यसैदिन दिउँसो ४ः ३० बजेको समयमा स्थानीय होसनारायण यादवको उखु खेतमा उनका छोरा १० वर्षीय अखिलेश यादवले देखेर अन्यलाई जानकारी दिएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बालिकालाई चुनु साह तेलीले ललाइफकाई प्रलोभनमा पारेर बलात्कार गरि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार, बालिकाले अरूलाई भन्ने र अरुले घटनाको बारेमा थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेर तेली फरार भएको पाइएको छ। तेलीले आफ्नो अपराध प्रहरीसमक्ष स्विकारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया