कोरोना अपडेट : १९ जनाको मृत्यु, आज ३ हजार ७४९ संक्रमित थपिए, कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार नाघेको छ ।

आज ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको हो ।

आज १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १ हजार ६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी १ हजार ९ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसँगै देशभरी कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ९३, प्रदेश नम्बर २ मा, बागमती प्रदेशमा ७ हजार ७ सय ९ र गण्डकी प्रदेशमा ७ सय ११ जना रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा १ हजार ६ सय ३७, कर्णाली प्रदेशमा ४ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ सय ३५ जना गरी देशभरी १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ हजार ४२, प्रदेश नम्बर २ मा ६ सय ४१, बागमती प्रदेशमा १५ हजार २ सय २८ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा २ हजार १ सय १७, कर्णाली प्रदेशमा ६ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ६ सय ८१ जना गरी देशभरी २४ हजार १ सय ९४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ११ जिल्ला

  • काठमाडौं
  • भक्तपुर
  • ललितपुर
  • चितवन
  • सुर्खेत
  • दाङ
  • बाँके
  • मोरङ
  • रुपन्देही
  • सुनसरी
  • मकवानपुर
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ७१७४ जना
प्रदेश २ मा १५२३८जना
वाग्मती प्रदेश ३४९८४ जना
गण्डकी प्रदेशमा ४४५४ जना
प्रदेश ५ मा १११९१  जना
कर्णाली प्रदेशमा ३५९० जना
सुदूरपश्चिम प्रदेशमा ७८८७ जना
कोरोनाबाट थप १९ जनाको मृत्यु, मृतक संख्या ६९४ पुग्यो
नेपालमा कोरोना संक्रमणको कारण थप १९ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको छ ।

यसअधि बुधवार नेपालभर १२ जना, मंगलवार १८ जनाको मृत्यु भएको थियो । त्यस्तै आइतवार ९ जना र सोमवार कोरोनाको कारण सबैभन्दा धेरै २२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?